विस्तृत सम्भाव्यता अध्ययन (Detail Feasibility Study)

धौवादी फलाम धाउ भण्डारको आधारमा फलाम खानी तथा आइरन/स्टिल उध्योग स्थापनार्थ विस्तृत सम्भाव्यता अध्ययनको लागि सार्वजनिक खरिद ऐन, २०६3 तथा सार्वजनिक खरिद नियामावली २०६४ बमोजिम छनौट भएको अन्तराष्ट्रिय परामर्शदाता  र यस कम्पनी Dhaubadi Iron Company Limited, Lainchaur Kathmandu  बिच मिति २०७९/०६/०९ गते सम्झौता सम्पन्न परामर्शदाताको विज्ञहरुको टोलीबाट दुई स्थलगत फिल्ड निरिक्षण कार्य सम्पन्न भएको छ । यस कम्पनी प्रविधिकहरु र परामर्शदाताको विज्ञहरुको संयुक्त टोलीले धौवादी, पोखरी, राम्चे तथा दुर्लुङ्गा क्षेत्रको स्थलगत अध्ययन गरी भौगर्भिक डाटा संकलन, भौगर्भिक डाटाहरुको अपग्रेड तथा प्रमाणिकरण गर्ने कार्य सम्पन्न भई Draft  प्रतिवेदन पेश गरिसकेको  छ । उक्त परामशर्दाताबाट भाद्र २०80 भित्र अन्तिम प्रतिवेदन पेश गर्ने छ ।

उक्त परामर्शदाताले पेश गरेको प्रतिवेदनको आधारमा कम्पनीको आगामी कार्यहरु अगाडी बढ्नेछ। विस्तृत संभाव्यता अध्ययनबाट आर्थिक तथा प्राविधिक रुपमा सम्भाव्य भएपछि बिस्तृत परियोजना प्रतिवेदन तयार गरी खानी उत्खनन् तथा आइरन/स्टिल उद्योग निर्माणको लागि आवश्यक प्रकिया पूरा गरी उत्खन्न तथा व्यवसायिक उत्पादनका कार्य प्रारम्भ गरिने छ ।

यस अध्ययनले निम्न अनुसारका विषय समावेश गर्दछ।    

  • खानी भण्डार तथा खानी उत्खननको स्थान र मोडल
  • आवश्यक कच्चा पदार्थ अनुमानित परिमाण र लागत
  • प्रशोधन तथा औद्योगिक क्षेत्रको स्थान र बनोट
  • उत्पादन प्रविधि र आवश्यक जनशक्तिको  फ्लोसिट
  • वित्तिय विश्लेषण
  • भविष्यमा गर्नु पर्ने थप अध्ययन तथा अनुशन्धान कार्यहरू

सम्भाव्यता अध्ययनको सिफारिस पश्चात

  • परियोजनाको जोखिम विश्लेषण गरिने
  • विस्तृत परियोजना प्रतिवेदन तयार गरिने
  • माइनिङ्ग स्किम र वातावरणीय अध्ययन पश्चात उत्खनन कार्य अगाडि बढाइने
  • प्रशोधन तथा उत्पादनको लागि फलाम र स्टिल उत्पादन प्लान्टको निर्माण गरिने
  • नेपालमा रहेका अन्य फलाम धाउ क्षेत्रलाई यस कम्पनीको मातहतमा ल्याई फलाम सम्बन्धी अनुसन्धान, अन्वेषण तथा उत्खनन् कार्य गरिने