धौवादी फलाम धाउ भण्डारको आधारमा फलाम खानी तथा आइरन/स्टिल उध्योग स्थापनार्थ विस्तृत सम्भाव्यता अध्ययनको लागि सार्वजनिक खरिद ऐन, २०६3 तथा सार्वजनिक खरिद नियामावली २०६४ बमोजिम छनौट भएको अन्तराष्ट्रिय परामर्शदाता Joint Venture of M.N. Dastur and Company (P) Ltd, SRK Mining Services (India) Private Limited and Jade Consult (P) Ltd. र यस कम्पनी Dhaubadi Iron Company Limited, Lainchaur Kathmandu बिच मिति २०७९/०६/०९ गते सम्झौता सम्पन्न परामर्शदाताको विज्ञहरुको टोलीबाट दुई स्थलगत फिल्ड निरिक्षण कार्य सम्पन्न भएको छ । यस कम्पनी प्रविधिकहरु र परामर्शदाताको विज्ञहरुको संयुक्त टोलीले धौवादी, पोखरी, राम्चे तथा दुर्लुङ्गा क्षेत्रको स्थलगत अध्ययन गरी भौगर्भिक डाटा संकलन, भौगर्भिक डाटाहरुको अपग्रेड तथा प्रमाणिकरण गर्ने कार्य सम्पन्न भई Draft प्रतिवेदन पेश गरिसकेको छ । उक्त परामशर्दाताबाट भाद्र २०80 भित्र अन्तिम प्रतिवेदन पेश गर्ने छ ।
उक्त परामर्शदाताले पेश गरेको प्रतिवेदनको आधारमा कम्पनीको आगामी कार्यहरु अगाडी बढ्नेछ। विस्तृत संभाव्यता अध्ययनबाट आर्थिक तथा प्राविधिक रुपमा सम्भाव्य भएपछि बिस्तृत परियोजना प्रतिवेदन तयार गरी खानी उत्खनन् तथा आइरन/स्टिल उद्योग निर्माणको लागि आवश्यक प्रकिया पूरा गरी उत्खन्न तथा व्यवसायिक उत्पादनका कार्य प्रारम्भ गरिने छ ।
यस अध्ययनले निम्न अनुसारका विषय समावेश गर्दछ।
- खानी भण्डार तथा खानी उत्खननको स्थान र मोडल
- आवश्यक कच्चा पदार्थ अनुमानित परिमाण र लागत
- प्रशोधन तथा औद्योगिक क्षेत्रको स्थान र बनोट
- उत्पादन प्रविधि र आवश्यक जनशक्तिको फ्लोसिट
- वित्तिय विश्लेषण
- भविष्यमा गर्नु पर्ने थप अध्ययन तथा अनुशन्धान कार्यहरू
सम्भाव्यता अध्ययनको सिफारिस पश्चात
- परियोजनाको जोखिम विश्लेषण गरिने
- विस्तृत परियोजना प्रतिवेदन तयार गरिने
- माइनिङ्ग स्किम र वातावरणीय अध्ययन पश्चात उत्खनन कार्य अगाडि बढाइने
- प्रशोधन तथा उत्पादनको लागि फलाम र स्टिल उत्पादन प्लान्टको निर्माण गरिने
- नेपालमा रहेका अन्य फलाम धाउ क्षेत्रलाई यस कम्पनीको मातहतमा ल्याई फलाम सम्बन्धी अनुसन्धान, अन्वेषण तथा उत्खनन् कार्य गरिने