भौगर्भिक नक्साङ्कन
पुर्वमा बोजा (धौवादी) पोखरी देखि पश्चिममा नम्जाकोट (दुर्लुगा) करिब ४१ वर्ग कि.मि. क्षेत्रमा फैलिएको करिब १० कि.मि. लम्बाइ र करिब २५ देखि ३५ मिटर मोटाइ भएको फलामको धाउ भएको क्षेत्रमा कम्पनीबाट काम भैरहेको छ। धौवादी तथा पोखरी क्षेत्रमा भौगर्भिक नक्साङ्कनबाट (Geological Mapping) (नक्शा-२) फलामको धाउको नयाँ व्यान्ड पनि ट्रेस गरीएको छ ।
धौवादी-पोखरी क्षेत्र Channel र Chip Sampling भएको तथ्याड़क
विगतका आर्थिक वर्षहरुको अन्वेषण कार्यबाट संकलित ६५० खनिज नमूनाको रसायनिक परीक्षण कार्य सम्पन्न भएको छ ।उक्त रसायनिक परीक्षणवाट धाउको गुणस्तर एकिन गरीएको छ, जस्मा २३ प्रतिशत देखि ५६ प्रतिशत सम्म फलामको धाउ रहेको देखिन्छ ।
Lab-Scale तथा Pilot-Scale परिक्षण
चिन छेन्दु प्रान्त स्थित SIGME प्रयोगशालामा फलामको धाउ नमूनाबाट करिब १३०० के.जी.को Lab-Scale मा Metallurgical Test को सफल परिक्षण पश्चात करिब ५००० के.जी.को उत्पादन परीक्षण (Pilot Test) सम्पन्न गर्दा विद्युतीय Furnace बाट फलाम Pig Iron (फोटो-१) उत्पादन गर्न उपयुक्त हुने प्रतिवेदन प्राप्त भएको छ। ३५% TFe Content रहेको धाउको Metallurgical परिक्षणबाट Qualified concentrate ( 57% Fe) र Sponge iron ( 95 % Fe) Trial को सकरात्मक परिणाम प्राप्त भएको छ। छिमेकी राष्ट्र चिन स्थित An Steel ले फलामको मात्रा TFe 2०-३०% भण्डार लाई खनिज प्रशोधन गरि फलाम/ स्टिल उत्पादन गरिरहेको छ ।धौवादी खनिज भण्डारमा रहेको TFe ३5% आधारमा फलाम उत्पादन गर्न सकिने कुरा यस तथ्याङ्कबाट समेत पुष्टि हुन्छ ।
ड्रिलिङ्ग
खानीको भण्डार प्रमाणिकरणको लागि आवश्यक पर्ने अन्भेषणत्मक ड्रिलिङ्ग कार्य समपन्न गरियो। नेपालमै पहिलो पटक धातुजन्य पदार्थको लागि विभिन्न पाँच स्थान मध्ये धौवादी क्षेत्रमा तिन वटा र पोखरी क्षेत्रमा दुई वटा गरी जम्मा १०५९ मि. सम्म गहिराइ (Depth) ड्रिलिङ्ग कार्य (Annex-१) सम्पन्न भएको छ । विगतमा खानी तथा भूगर्भ विभागले त्यसै क्षेत्रमा करिव १०५ मि. सम्म गहिराइ ड्रिलिङ्ग कार्य भईसकेको छ ।