परिचय

नेपाल सरकारको पूर्ण स्वामित्व रहेको धौवादी फलाम कम्पनी लिमिटेड [Dhaubadi Iron Company Limited (DICL)] मिति २०७६/०६/०९ मा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७६ फाल्गुनबाट न्यूनतम जनशक्तिको व्यवस्थापनमा खानी तथा भूगर्भ विभाग परिसरमा कार्यालय स्थापना गरी कार्य संचालन भई रहेको छ।।फलाम खानी भण्डार पूर्व पश्चिम राजमार्गको कावासोती देखि करिव 20 कि.मि. दुरी उत्तरमा गण्डकी प्रदेश, पूर्वी नवलपरासी जिल्ला, हुप्सेकोट गाउँपालिका अन्तरगत पश्चिम नाम्जाकोट देखि पूर्व धौवादी क्षेत्र (नक्शा-१) मा रहेको छ। खानी तथा भूगर्भ विभागले विगत 2073 देखि निरन्तर रुपमा भौगर्भिक अध्ययन, अन्वेषण, सतही नमुना संकलन, परिक्षण तथा ड्रिलिङ्ग कार्य गर्दै आइरहेकोमा नेपाल सरकारले छुट्टै कम्पनी (धौवादी फलाम कम्पनी लिमिटेड) को स्थापना गरी खानी तथा भूगर्भ विभागबाट खास खनिज अन्तरगत फलाम खानीका लागि दुई वटा क्षेत्र पोखरी-धौवादी २५ वर्ग कि.मी. र दुर्लुङ्गा १६ वर्ग कि.मी. को  खोजतलासको अनुमति पत्र लिई फलाम खानी संचालनका लागि आवश्यक अन्वेषणत्मक कार्य भईरहेको छ। यस कम्पनीद्वारा उक्त क्षेत्रमा रहेको फलाम धाउ भण्डारबाट फलाम खानी सञ्चालन गरी नेपाल मै पहिलो Iron/Steel उत्पादन गर्नको लागि उद्योग स्थापनार्थ काम भईरहेको छ ।

 

 

... थप पढ्नुहोस्